१४ केजी चाँदीका गहना लिएर भारत जान लागेका दुईजना पक्राउ

 ग्लोबल टिभि           0

असोज १०– झण्डै १४ केजी चाँदीका गहना लिएर भारत जना लागेका दुई जना पक्राउ परेका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ बाट झापाका २ जनालाई चाँदीका गहना लिएर भारत जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका २ का २५ वर्षीय करण लोहार र झापाको कमल गाउँपालिका ४ का ३५ वर्षीय मणिप्रसाद बिश्वकर्मा रहेका छन्।

उनीहरुले बोकेको झोलामा १३ किलो ९५५ ग्राम चाँदीका गकना बरामद भएको छ। यसको बजार मूल्य १४ लाख ११ हजार ७०७ रुपैयाँ पर्छ।

उनीहरुलाई थप कारबाही गर्न सोमबार राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको डीएसपी काफ्लेले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *