विनोद/विजय- मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु गर्ने तयारी शुरु गरेको छ । आइतबार ११ बटा राजनीतिक दलका प्रतिनिधिसंग छलफल गरेको आयोगले विहिवारसम्ममा आचारसंहिता लागू गर्ने तयारी गरेको हो । आयोगले सबैलाई आचारसंहिता पालन गर्न अनुरोध समेत गरेको छ ।
मंसीर ४ गते हुने आमनिर्वाचनका लागि विभिन्न तयारी गरिरहेको निर्वाचन आयोगले अव भने निर्वाचन आचारसंहिता लागु गर्ने तयारी थालेको छ । आइतबार ११ राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको आयोगले विहिवारसम्म निर्वाचन आचारसंहिता लागु गर्ने तयारी थालेको छ । आयोगले सरकार र सरकारी निकायसँगै सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्थालाई आचारसंहिता लाग्ने बताएको छ । उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मितिसम्म आचारसंहिता लागू हुने बताएको छ ।
त्यस्तै आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सवै नागरिकको भुमिका महतत्वपूर्ण हुने बताएको छ । विशेषगरी निर्वाचनका मुखमा राजनीतिक दलले चुनावी परिणामलाई प्रभावित पार्न उछृङ्खल गतिविधि गर्ने गरेका छन् । जसले निर्वाचन समेत प्रभावित हुने गरेको छ । यस्तो अबस्थालाई नियन्त्रण गर्न आयोगले आचारसंहिता पालना गर्न सबैलाई आह्वान गरेको छ ।
यसअघि विर्वाचन आयागले असोज ६ गते राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशन गरिसकेको छ । आयोगले यसअघि नै बजेटमा समावेश भएका योजनाबाहेकमा सरकारी रकम खर्च गर्न समेत रोक लगाएको थियो ।
Leave a Reply