बडादशैँ मनाउन गाउँ भित्रिने मानिसहरुको लागि आज बाट रुट खुल्ला (भिडियोसहित)

दशैंमा घर जानेहरुको लर्को, मनमा खुशी, गाडिमा शास्ती

 ग्लोबल टिभि           0

सुनिता- दशैँ नजिकिएसंगै काठमाडौँका बसपार्क र उपत्यकका बहिरिने नाकाहरुका चहलपहल पढ्न थालेको छ । अस्थायी रुपमा काठमाडौं बसोबास गर्दे आएका मानिसहरु दशैं मनाउन स्थायी बासस्थानतर्फ लाग्ने तयारी गरेसँगै बसपार्क र नाकाहरुमा भीडभाड बढेको हो । गोंगबस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी बल्खु, चावहिल लगाउतका स्थानमा रहेका टिक काउन्ट र चोकहरुमा घरतर्फ जानेहरुको संख्या ह्वातै बढेको देखिन्छ ।

वडादशैँ नजिकिए बसपार्क र उपत्यका बाहिरिने चोकहरुमा यात्रुहरुको संख्या ह्वातै वढेको छ भने यात्रुलाई लक्षित गरी सरकारले सवारी रुट खुल्ला गरेको छ । उपत्यकामा बिभिन्न पेशा, ब्यवसाय गर्दै आएका मानिसहरु दशैमा आफ्नो स्थायी बासस्थानतर्फ जाने गर्दछन् । अघिल्ला दुई वर्षमा कोरोना महामारिका कारण उपत्यका छाड्ने मानिसहरुको संख्या कमि भएपनि यो वर्ष भने उल्लेख देखिन थालेको बासपार्क तथा चोकहरुमा देखिएको भीडभाडले पनि देखाउछ । अर्कोतर्फ असोज १ गते बाट टिकट बुकिङ् खुल्ला गरिएको सोमबारसम्म मात्रै ९ लाख यात्रुले उपत्यका छाड्ने नेपाल यातायात राष्ट्रि«य महासंघले जनाएको छ । साथै यो वर्ष गाउँ भित्रिने यात्रुहरुको संख्या २५ देखि ३० रहने अनुमान रहेको महासंघका महासचिव डेकनाथ गौतम बताउछन् ।

यता यात्रुहरुले भने सहज रुपमा टिकट ािउन छाडेको भन्दै गुनासो गरेका छन् । काउन्टरहरुमा लामो लाइन त्यसमा पनि टिकट सकिएको भन्दै काउन्टरबालाको जवाफले उनीहरुमा थप नैराश्यता थपिएको छ । खास गरी लामो दुरीका लागि टिकट नपाइपनि छोटो दुरीमा भने सहज टिकट पाउने गरेको यात्रुहरुको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *