कसरी सार्वजनिक भयो बन्दसूची ?(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, अशोज १०, २०७९      0

कैलाश- आगामी चुनावका लागि राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । बन्दसूचीमा समावेश भएका नाम सच्याउन आयोगले असोज १६ गतेसम्मको समय दिएको छ । तर नाममा बन्दसूची भनिएको भएपनि कांग्रेसले सिफारिस गरेका उम्मेदवारको नाम भने छरपष्ट भइसकेको छ । त्यसकै असर कांग्रेसभित्र आन्तरिक कलह शुरु भएको छ । निर्वाचन आयोगले भने बन्दसूची कसरी सार्वजनिक भयो भन्ने जानकारी नभएको दाबी गरेको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिकाअनुसार चुनावमा सहभागी हुने सबै राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका छन् । आयोगले बन्दसूचीमा समावेश भएका उम्मेदवारको नाम सच्याउन असोज १६ गतेसम्मको समय दिएको छ । तर समानुपातिक उम्मेदवारको नाम सच्याउन आयोगले दिएको समयभन्दा पहिलै कांग्रेसले सिफारिस गरेका उम्मेदवारको नाम सामाजिक सञ्जालदेखि यत्रतत्र छरपष्ट भइसकेको छ । कांग्रेसको सिफारिस सार्वजनिक भएपछि कांग्रेसभित्र आन्तरिक कलह समेत शुरु भएको छ ।

निर्वाचन आयोगमा बुझाएको बन्दसूची कसरी सार्वजनिक भयो भन्ने विषय अहिले बहशमा छ । निर्वाचन आयोगले भने बन्दसुची सार्वजनिक भएको विषयमा जानकारी नभएको दाबी गरेको छ ।

आयोगले जानकारी नभएको भनेपनि बन्दसूची सार्वजनिक भएपछि भने शंका शुरु भएको छ । कांग्रेसका नेताहरुले आफै सार्वजनिक गरेको विश्वास गर्नसकिने अबस्था छैन । तर आयोगले समेत बन्दसूची सार्वजनिक भएका बारेमा जानकारी नभएको बताएपछि कसरी सार्वजनिक भयो भन्ने विषयले भने बहश शुरु गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *