विकास/गणेश– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार आफ्नो नयाँ घरमा सरेका छन् । प्रचण्ड चितवनमा नव–निर्मित घरमा बसाई सरेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले सुविधा सम्पन्न घरमा प्रचण्ड सहित पत्नी सिता दाहाल बसाई सरेका हुन् । प्रचण्डको आफ्नो घर थिएन्, उनी सहित उनका परिवार काठमाडौंमा डेरामा बस्दै आएका थिए । अहिले पनि प्रचण्ड ललितपुर खुमल्टार स्थित विवादित पृष्ठभूमिका शारदाप्रसाद अधिकारीको घरमा डेरामा बस्दै आएका छन् ।
त्यसअघि पनि प्रचण्ड अर्का विवादित घर बेटीको घर लाज्म्पिाटमा बस्ने गर्थे । तर, प्रचण्डले केही बर्ष देखि सार्वजानिक कार्यक्रमहरूमा अब आफू आफ्नै घरमा बस्नै भन्दै अभिव्यक्ति दिँदै आएका थिए । लगतै केही समय अघि देखि उनले चितवनमा घर बनाउँन सुरु पनि गरे । र सोमबार उनी त्यस घरमा भित्रिएका हुन् ।
करिब १० कट्ठा जमिनलाई कम्पाउड घेरेर मध्यभागमा उक्त घर बनाएको छ । सुन्नमा आए अनुसार उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो । प्रचण्डका बुबा मुक्तिराम दाहाल भने भरतपुर–६ वैदिक नगरमा रहेको घरमा बस्ने गरेकोमा उनको त्यही घरमा निधन भएको थियो । त्यसो त प्रचण्डले आफ्नै निर्वाचन क्षेत्रमा घर बनाएका हुन् । मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको मुखमा प्रचण्डको नयाँ घरमा गृह प्रवेश र प्रचण्ड पत्नी सिता दाहाल अब त्यहि घरमा बस्ने कुरालाई निकै चासोका साथ हेरिएको छ । प्रचण्डले चुनावलाई लक्षित गरेर चुतवन सरेको भन्ने पनि आरोप लाग्न थालेको छ ।
त्यस्तै प्रचण्डले ललितपूर खुमल्टारमा रहेको र बस्दै आएको शारदाप्रसाद अधिकारीको घर पनि छाड्ने भएका छन् । प्रचण्ढले राम्रो घरको खोजी गरिरहेको र घर फेला पर्न साथ अधिकारीको निवास छोड्ने माओवादी केन्द्रका नेताहरूले जिकिर गरेका छन् ।
प्रचण्ड चुनाव नजिकिएसँगै चितवन केन्द्रीत भएका छन् । चितवनमा माओवादी केन्द्र परित्याग गर्नेको बढ्न थालेपनि प्रचण्ड शसंकित मात्र छैनन्, त्यसलाई टाल्न उनी चुतवन हाम्फालेर पुगेको देखिन्छ । प्रचण्ड अब निर्वाचनसम्म त्यहि घरमा बढी समय विताउने मुडमा रहेको बुझिएको छ । त्यस्तै सिता दाहाल भने चितवनमै रहने बुझिएको छ ।
Leave a Reply