चन्दननाथ र भैरवनाथको ५२ हाते लिङ्गा फेर्दै घटास्थापना सुरु

 ग्लोबल टिभि      मङ्लबार, अशोज ११, २०७९      0

असोज ११ –कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्।

स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।

चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापनका सचिव जितबहादुर महतका अनुसार जुम्ला सदरमुकाममा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजासहित नयाँ लिङ्गा फेरिने चलनअनुसार लिङ्गा फेरिएका हुन्। चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा गरिने प्रचलन छ।

यसमा पनि ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गा खडा गरी घटस्थापना गर्ने चलन छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *