सेयर बजारमा दोहोरो अंकको वृद्धि

 ग्लोबल टिभि      मङ्लबार, अशोज ११, २०७९      0

असोज ११– सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ ।

बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ । कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ । होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिए ।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९।९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् ।

गरिमा डिभेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *