एटीएम ‘आउट अफ सर्भिस’ हुदा दशैंका बेला सर्वसाधारणलाई सास्ति

 ग्लोबल टिभि      बुधबार, अशोज १२, २०७९      0
Worried businesswoman with luggage looking ATM screen text that says ”Out of service”

असोज १२ –चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटीएमहरुमा समस्या देखिएको छ । धेरै एटीएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

बैंकहरुले एटीएममा समयमा नगद नराख्दा र तथा एटीएम मर्मत नगर्दा चाडवाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ ।

बानेश्वरको एटीएम लाउन्जमा बैंकमा पैसा झिक्न आएका सन्देश पहाडी दुई तीन ठाउँ पुग्दा पनि आफूले सेवा लिने बैंको एटीएम मेसिनमा ‘आउट अफ सर्भिस’को नोटिस भेटिसकेको बताउँछन् । ‘यस्तो आपतका बेला छ, बैंकहरु एटीएम सेवा चुस्त छैन,’ उनी भन्छन्, ‘कतिपय बैंकममा एटीएममा अर्को बैंकको एटीएम सपोर्ट पनि गर्दैन ।’

नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटीएममा प्रतिमहिना २ वटा कारोबार निःशुल्क गर्नुपर्ने व्यवस्था गरेको छ । जसले गर्दा विगतदेखि नै बैंकहरुले एटीएममा नगद व्यवस्थापनमा हेलचेक्र्याँइ गर्दै आएका थिए । दशैं नजिकिंदै गर्दा बढ्दो आर्थिक गतिविधिसँगै एटीएमबाट नगद झिक्नेको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा अधिकांश एटीएमहरु आउट अफ सर्भिस हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।

बैंकर्स संघका कायकारी सदस्य समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एटीएमको सिस्टममा कुनै समस्या नरहेको बताउँछन् । आफ्नो बैंकको सबै एटीएम सर्भिसमा कुनै पनि समस्या नरहेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *