आर्थिक पत्रकार भए पुरस्कृत

 ग्लोबल टिभि           0

असोज १३ –नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’विमोचन गरेको हो। विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ ।

बुधबारै नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारहरू समेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।

आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो १ लाख रुपैयाँ धनराशिको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार खेमराज श्रेष्ठ पुरस्कृत भएका छन् भने ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार ५० हजार राशि’ बाट विजय पराजुली र अनुप आचार्य पुरस्कृत भएका छन ।

उनीहरुलाई नगद र पुरस्कार सँगै प्रमाणपत्र पनि वितरण गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *