ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

 ग्लोबल टिभि      बिहिबार, अशोज १३, २०७९      0

असोज १३– कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाउँका ६३ का चैतराम थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो ।

उनीहरूले २०५९ साल फागुन ३० गते राति ४५ वर्षीया आसिया थारुलाई राति सुतिरहेको समयमा ४ जनाको समूहले कुटपिट गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *