राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ : माधव नेपाल

 ग्लोबल टिभि      बिहिबार, अशोज १३, २०७९      0

असोज १३– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएका छन् ।

बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने बताएका हुन् ।

‘आफुले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने, पटक पटक पाए ठीक, अरुले एकचोटी पाउँदा सकारात्मक नलिने हाम्रो समाजमा रोग छ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको बताए । ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ’, नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने ।

उनले अहिलेको उद्देश्य नै समाजवाद ल्याउने उदेश्य भएको पनि बताए । ‘हाम्रो मुख्य उदेश्य नै समाजवादको उदेश्य हो । सबै खालका भेदभाव, अन्याय अत्याचार, हिंसा र अपमान अन्त्य गर्ने हो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने– ‘त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *