काठमाडौँको रोचक चुनाव : पुरानै अनुहार चुनावी मैदानमा, बदला लिने मौका

 ग्लोबल टिभि           0

कैलाश/गणेश- देशभरमै सबैभन्दा बढी निर्वाचन क्षेत्र र मतदाता रहेको काडमाडौँ जिल्लामा आसन्न आम चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । १० ओटा निर्वाचन क्षेत्र रहेको काठमाडौँका अधिकांस निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्प्रधीका बिचमा चुनाबी प्रतिस्पर्धा हुने देखिएको छ । केही क्षेत्रमा नयाँ अनुहारले चुनाव लड्ने तयारी गरिरहँदा अधिकांस क्षेत्रमा पुरानै अनुहारको दबदबा छ ।

काठमाडौँ जिल्लाको क्षेत्र नम्बर १ नेपाली कांग्रेसका नेता प्रकासमान सिंहको चुनाबी क्षेत्र हो । यो क्षेत्रबाट उनि लगातार तिन पटक चुनाब जित्न सफल भएका छन् । २०७४ सालको निर्वाचनमा बिबेकसिल साझा पार्टीका उम्मेद्वार रबिन्द्र मिश्रलाई पराजित गर्दै सिंह लगातार तेश्रो पटक सांसद बनेका थिए । सिंह मंसिर ४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट चुनाब लड्ने तयारीमा छन् ।

भर्खरै राप्रपा प्रवेस गरेका रबिन्द्र मिश्रले पनि यही क्षेत्रबाट चुनाब लड्ने उद्घोष गरिसकेका छन । २०७४ को निर्वाचनमा थोरै मतले पराजित भएका मिश्र यसपटक पनि सिंहकै प्रतिस्पर्धी बन्ने देखिएको छ । यसरी हेर्दा क्षेत्र नम्बर १ मा ४ वर्षपछी पुनः पुरानै उम्मेद्वारका बिच प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा मात्र होईन काठमाडौका अधिकांस निर्वाचन क्षेत्रमा पुरानै अनुहारका बिच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँको क्षेत्र नम्बर ४ कांग्रेसका महामन्त्री गगन थापाको चुनाबी क्षेत्र हो । पछिल्ला २ निर्वाचनमा जित हात पारेका थापा तेश्रो पटक यहि क्षेत्रबाट चुनाब लड्ने तयारीमा छन । उनलाई यस पटक पनी एमालेका नेता डाक्टर राजन भट्टराई प्रतिस्पर्धी हुने देखिएको छ । गत निर्वाचनमा उनी थापासँग ३ हजार मतान्तरले पराजित भएका थिए ।

यता काठमाडौ क्षेत्र नम्बर ५ एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल निर्वाचित भएको क्षेत्र हो । यो क्षेत्रमा यस पटक कांग्रेसको उम्मेद्वार टुंगिएको छैन । तर काठमाडौंको ५ नम्बर निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी गर्नेको समेत भिड देखिएको छ । अर्कातर्फ पत्रकारिता छाडेर राजनीतितिर लागेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछाने समेत काठमाडौंकै कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार हुने देखिएको छ । यद्यपी निर्वाचन क्षेत्रको टुङ्गो भने लागिसकेको छैन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ समेत काठमाडौंबाटै चुनाव लड्ने चर्चा छ । त्यसबाहेक हाँस्यकलाकारहरुले समेत काठमाडौंकै निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेको देखिएको छ । तर काठमाडौका अन्य निर्वाचन क्षेत्रमा पनी पुरानै अनुहारका बिच प्रतिस्पर्धा हुनेछ । केही क्षेत्रमा नयाँ अनुहाररले दाबी गरिरहेको भएपनी पुरानै अनुहारले टिकट पाउने समेत देखिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *