एमाले– गठबन्धनको रमिता हेर्दै नयाँ रणनीति बनाउँदै, शेखर तान्ने प्रयासमा जुट्यो एमाले

असन्तुष्ट पक्ष आफूतिर तान्ने कस्तो छ एमालेको रणनीति ?

 ग्लोबल टिभि           0

विकास/गणेश- नेकपा एमालेले चुनाव लक्षित त्यस्तो केही योजना अघि सारेको छैन् तर, रणनीतिका साथ चुनावमा होमिने छनक देखाएको छ । त्यसो त चुनावमा एमालेले आफू सरकारमा हुँदा गरेका कामले नै जनताले भोट हाल्ने जिकिर गरिरहेका छ । एमालेले राष्ट्रवादी छवि भएको पार्टी नेपालमा अर्को कुन छ भन्दै प्रश्न पनि गर्ने गरेको छ ।

तर, चुनाव नजिकिएसँगै एमालेले जसरी योजना अघि सार्ने गरेको थियो यसअघि त्यस्तो योजना र गर्न सक्ने कामको फेहरिस्तको प्रचार गर्न थालेको छैन् । यसअघि एमालेले पानी जहाज, हावाबाट विजुली र रेलको प्रचार घोषणा पत्र सार्वजानिक हुँनुभन्दा अघि देखिनै गरेको थियो । पछि एमालेको घोषणा पत्रमा पनि उल्लेख भए ति योजनाहरू । तर, यतिखेर भने एमाले मौन छ ।

एमालेले भावि प्रधानमन्त्री कस्लाई बनाउँने भन्ने चाहिँ टुंगो लगाईसकेको छ । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिने भएको हो । तर, त्यसबाहेक राष्ट्र महत्व र दुरगामि महत्वको विषय अघि सार्न सकेको छैन् । त्यतिमात्र होईन अहिलेसम्म पाँचदल विरुद्ध एक्लै लड्कि नि गठबन्धन गरेर चुनाव लड्ने भन्ने पनि टुंगो लगाउँन सकेको छैन् एमालेले, जबकी प्रत्यक्ष तफको उम्मेदवार टुंगो लगाउँन एमाले कम्मर कसेर लागिरहेको छ ।

तर, एमाले विशेष रणनीतिका साथ चुनावमा होमिन खोजेको चाहिँ देखिन्छ । सत्ता गठबन्धनभित्र सिट बाडफाडको सकस चर्कि रहेको बेला असन्तुष्ट पक्ष र व्यक्तिलाई तान्न दाँउ हेरेर र पर्खेर बसेको बसेको देखिन्छ एमाले । त्यसो त एमाले कै कतिपय नेताहरूले कांग्रेससँग असन्तुष्ट शेखर–गगनसँग छलफल हुँदै गरेको प्रचार पनि गरिरहेका छन् । जसको शेखर–गगन पक्षले विद्रोहको चेतावनी दिनुले पनि प्रष्ट पार्छ ।

त्यहि भएर एमालेले तालमेलबारे तत्काल निर्णय गरिरहेको छैन् । एमालेले सत्ता गठबन्धनमा सिट बाँटफाँटको मुड हेरेर मात्रै विभिन्न दलसँग चुनावी तालमेलबारे निर्णय गर्ने भएको हो । अहिले पनि एमालेसँग तालमेल गर्न लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, हृदयश त्रिपाठी र नेपाली कांग्रेस बीपी, परिवार दल, तयार छन् । तर, एमालेले एस नभन्दासम्म उनीहरू अलमलमा मात्र छैनन् दोधारमा पनि छन् । एमाले भने कसरी हुन्छ गठबन्धन तोड्न नभए विवाद चर्काउन र चर्किएको विवादबाट लाभ लिन खोजि रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *