हासम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

 ग्लोबल टिभि      शुक्रबार, अशोज १४, २०७९      0

असोज १४– नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ । त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *