वनमन्त्री यादव स्वदेश फिर्ता

 ग्लोबल टिभि           0
dGqL ofbj :jb]z lkmtf{ sf7df8f}F, !$ c;f]h M jg tyf jftfj/0fdGqL k|bLk ofbj lqe’jg cGt/f{li6«o ljdfg:ynsf] ljlzi7 sIfdf . pxfF cd]l/sfdf oxL c;f]h !! ut]b]lv ;~rfng ePsf] Unf]an ldy]g SnfO{d]6 SnLg Po/ kmf]/d @)@@ sf] sfo{qmddf ;xefuL eO{ z’qmaf/ :jb]z lkmtf{ x’g’ ePsf] xf] . t:jL/ M ljdnaxfb’/ lji6÷/f;;

असोज १४– वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।

यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान गरेका थिए ।

अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषकलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकहरुले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *