रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 ग्लोबल टिभि           0

असोज १५– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका–८ का २३ वर्षीय साईमन मल्ल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति पौने ११ बजे सडकमा हिँड्दै गरेको गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।

मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *