मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम

 ग्लोबल टिभि      शनिबार, अशोज १५, २०७९      0

असोज १५– प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो ।

शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक महिना अगाडि मुस्ताङ पुगेको थियो ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए । डेढ करोड लागत निर्माण खर्च अनुमान गरिएको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको रहनेछ । फिल्मका छायांकार बाबु श्रेष्ठ हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *