ग्लोबल टिभि
सोमवार, अशोज १७, २०७९
0
असोज १७– ५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ ।
जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई थोरै मात्र सिट दिन तयार भएपछि अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरे लगत्तै जसपाको नेतृत्व र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो ।
एमाले नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओली मङ्सिरमा हुने निर्वाचनमा लोसपाभन्दा पनि जसपासँग चुनावी तालमेल गर्न बढी इच्छुक छन् । त्यही भएर लोसपासँगको संवाद खासै अघि बढ्न नसकेको नेताहरू बताउँछन् ।
Post Views: 410
Leave a Reply