व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ : रामचन्द्र पौडेल

 ग्लोबल टिभि      सोमवार, अशोज १७, २०७९      0

असोज १७– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकट कायमै रहेको बताए काछन् ।

दशैंको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताएका हुन् ।

‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो’ उनले भनेका छन् ।

उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *