लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’

 ग्लोबल टिभि      सोमवार, अशोज १७, २०७९      0

असोज १७– नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।

आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुँदैन, सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्छ तर चुनावी तालमेल हुँदैन ।’

लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले एमालेका नेताहरूसँग तीन दिनसम्म छलफल गरे पनि एमालेले तर चुनावी गठबन्धनका लागि खासै चासो नदिएको लोसपा नेताहरूको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *