नेपालको जनसंख्या २ करोड ९१ लाख  टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १८, २०७९      0

असोज १८- नेपालको जनसंख्याभन्दा टेलिफोन प्रयोगकर्ता झण्डै दोब्बर पुगेको छ।

अघिल्लो आर्थिक वर्षसम्म ४ करोड १७ लाख टेलिफोन प्रयोगकर्ता पुगेका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिफोन अपरेटिङमा ल्यान्डलाइन भने लोपोन्मुख हुने चरणमा पुगेको छ। मोबाइलले नेपालको मार्केट सेयरमा ९८ प्रतिशत हिस्सा ओगटेको छ।

८ लाख १४ हजार ल्यान्डलाइन प्रयोगकर्ता छन् भने ४ करोड ८८ लाख मोबाइल सिम प्रयोगकर्ता छन्।

टेलिफोन प्रयोगकर्तामध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका छन्। नेपाल टेलिकमको २ करोड २५ लाख जनसंख्याले फोन प्रयोग गर्दै आएका छन्। जसमा ८ लाख १४ हजार ल्यान्डलाइन प्रयोगकर्ता छन्।

त्यस्तै एनसेलका जीएसएम प्रयोगकर्ता मात्रै १ करोड ६८ लाख छन्।

स्मार्ट सेलका २३ लाख ७५ हजार मात्रै ग्राहक छन्।

टेलिफोन प्रयोगकर्तामा नेपाल टेलिकमको ५३.९८ प्रतिशत हिस्सा छ भने एनसेलको ४०.३२ प्रतिशत छ। स्मार्ट सेलले ५.६९ प्रतिशत बजार हिस्सा लिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *