कोरोना महामारी सूरु भएदेखि यता मेन्ज फाउन्डेशन (फुड बैंक, क्वोथ बैंक)ले ५५ हजारलाई खाना खुवाएका छन् । राजधानी स्थित ठमेलको सातघुम्तीलाई केन्द्रविन्दु बनाई फाउन्डेशनले ५५ हजारलाई निशुल्क खाना वितरण गरेको अध्यक्ष मिन्हाज खानले जानकारी दिए ।
त्यसैगरी दुई लाख १० हजार थान मास्क, आठ हजार थान पिपिइ, फेसशिल्ड, सञ्चार कर्मीहरुलाई प्रेस ज्याकेट र खाध्यन्न लगाएतका सामाग्रीहरु समेत फाउन्डेशनले वितरण गरेको छ ।
गत वर्ष चैत ११ गतेदेखि सरकारले कोरोना माहामारीका कारण लकडाउन जारी गर्यो । त्यसपछि रोजगारी गुमेपछि सडकमा खाना नपाएकाहरुको संख्या उल्लेख्य देखेपछि खानले निशुल्क खाना वितरण कार्यक्रम सूरु गरेको हो ।
ग्लोवलसँग खानले भने, ‘कार्यक्रम सूरु गर्नुभन्दा पूर्व धेरै पटक सोचे, सडकमा भोका मानिसहरुको जुन दृष्य देखे त्यो दृष्य मैले हेर्न सक्ने अवस्थाको थिएन । मैले मेरो मामासँग सल्लाह गरे, अनी कति दिन सक्छु म खाना पकाएर ख्वाउछु भनेर लागे । आजको दिनसम्म आइपुग्दा ५५ हजारलाई खाना मात्र खुवाएछु ।’
विस्तारै आफ्नो अभियानमा नेपाली कांग्रेस, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ लगाएत अन्य विभिन्न मनकारी मनहरुले अभियानमा साथ दिएको उनले बताए । निशुल्क खाना खानको लागि विशेष गरेर दिनभरी काम गरेर बेलुका छाक टार्नेहरु नै सहभागी भएको उनको भनाई छ । ‘मेरो सेवा गर्ने हातहरुलाई यो महामारीले पनि छेक्न सकेन । ४५ लाख रकम मैले राहत वितरणमा नै खर्चेको छु । आफ्नो कर्मप्रति खुसी छु । मेरो बाबाले देखाएको बाटो नै यहि थियो ।’
गत वर्षको चैत १२ गतेबाट सूरु भएको निशुल्क खाना वितरण अभियान आइतबारबाट भने स्थगित गरेको छ । कार्यक्रम समापन भएको दिन आइतबार उनले सयौँलाई निशुल्क खाना, मास्क लगाएतका सामाग्रीहरु वितरण गरेका छन् । समापन कार्यक्रममा पुगेका तरुण दलका अध्यक्ष जितजंग बस्नेतले भने, ‘असम्भव काम खानले गरेर देखाइदिए, त्यो उनको दृढ विश्वास र इच्छाशक्तिका कारण सफल भयो । उहाँका कारण कयौँ भोका पेटहरुले खाना पाएका छन् । हामीलाई समेत उहाँले थुप्रै सहयोग गर्नुभएको छ ।’
नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिया खान कोभिड १९ हिरो पुरस्कारबाट समेत सम्मानीत भएका छन् । त्यसलाई आफ्नो कामको मुल्यांकन भएको भन्दै खुसी व्यक्त गर्छन् । खान कांग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सदस्य एवं कांग्रेसका विभिन्न विभागहरु मध्ये मुस्लिम विभागको केन्द्रीय सदस्य समेत हुन् ।
Leave a Reply