टिकट पाउन मरीहत्ते, मौका हेरेर पार्टी फेर्नेको लर्को

 ग्लोबल टिभि      मङ्लबार, अशोज १८, २०७९      0

कैलाश/संजय- आसन्न आमनिर्वाचनका लागि राजनीतिक दलहरु प्रत्यक्षउम्मेदवार छनोटको गृहकार्यमाजुटेका टिकटको सुनिस्चितताकालागी पार्टि परीवर्तनको लर्को लागेको छ । चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयनदर्ताको समय नजिकिंदै जाँदा पार्टी परीर्वतनको होडबाजी चलेको छ ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिरहेका बेला राजनीतिक दलहरुबीच पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । गत आइतबार सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख द्वारिकालाल चौधरी नेकपा एमाले परीत्याग गरी नेकपा माओवादी प्रवेश गरे । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेको ३ दिन नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका नेता छक्कबहादुर लामालाई पार्टीमा भित्र्याए ।

२०७४ को सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि माओवादीकै उम्मेदवारविरुद्ध हुम्लामा बागी उठेर चुनाव जितेका लामा पछि माओवादीमै फर्केका थिए । तर माओवादी केन्द्रका केन्द्रीय कमिटीमा रहेका लामा अहिले सबैलाई छक्क पार्दै एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लाबाट कार्चेन लामालाई सिफारिस गरेपछि असन्तुष्ट रहेका लामाले टिकट पाउने निश्चित भएपछि एमाले प्रवेश गरेको बताइएको छ ।

इटहरीका पूर्व प्रमुख द्वारिकालाल चौधरीले पनी टिकट पाउने निश्चित भएपछि मात्र माओवादी प्रवेश गरेका हुन् । पछिल्लो समय अन्य दलमा पनि पार्टी परित्याग र प्रवेशको श्रृङ्खला चलिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ एंव निर्वतमान प्रतिनिधिसभा सांसद चन्दा चौधरी केही दिनअघि नेपाली कांग्रेस प्रवेश गरेकी थिइन् ।

त्यस्तै तनहुँका चर्चित युवा नेता तथा नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङ पनि नेकपा एमाले प्रवेश गरेका छन् । यता वैैकल्पिक शक्तिनिर्माणको नारा लगाउँदै पत्रकारिता छोडेर राजनीतिमा आएका रवीन्द्र मिश्र पनि केही दिनअघि राप्रपा प्रवेश गरेका थिए । केही समय अघि लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया पनि एमाले प्रवेश गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आफँै जनकपुर पुगेका थिए । यी त प्रतिनिधि पात्र मात्र हुन् । आसन्न निर्वाचनमा टिकट सुनिश्चित गर्न अहिले पार्टी परिवर्तनको लहर नै चलेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *