उत्तरद्वारा थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

 ग्लोबल टिभि      बिहिबार, अशोज २०, २०७९      0

 असोज २०- उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो ।

प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो ।मंगलबार उत्तरले जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनबाट चीन र रुसले बचाएको आरोप लगाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *