ग्लोबल टिभि
0
असोज २०– अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनस् सञ्चालनमा आएको छ ।
१७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।
सडक आज बिहान ८ः२० बजेदेखि अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सडकमै रोकिएका सवारी साधन गन्तव्यतिर पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडक अवरुद्ध हुँदा दशैंको टीका र आशीर्वाद थाप्न हिँडेकाहरू अलपत्र परेका थिए ।
Post Views: 913
Leave a Reply