ग्लोबल टिभि
0
असोज २०– बबई नदी किनारमा तीन जनाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ बबरपुरमा नदी किनारमा सो शव फेला परेको हो ।
नदी किनारमा भेटिएको तीन जनाको शव पुरानो भएको खुलेको छ । शव भेटिएको स्थानमा पुगेको प्रहरी र जनपको टोलीले नदीमा आएको बाढीले किनारमा गाडिएको किरान भत्काउँदा उक्त शवहरू निस्किन पुगेको निष्कर्ष निकालेको हो ।
तुलसीपुर उपमहानगरपालिका-१३ का वडा अध्यक्ष मोहन पौडेलले भेटिएको शव पुरानो भएको र नदिले कतैबाट बगाएर नल्याएको र गाडिएको शव बाढीले भत्काउँदा बाहिर भेटिएको जानकारी दिए ।
Post Views: 886
Leave a Reply