चितवनबाट चुनाव लड्न डराए प्रचण्ड, गोरखा जाने सत्यता कति ?(भिडियो)

कैलाश कठायत

 ग्लोवल टि.भी.      बिहिबार, अशोज २०, २०७९      0

कैलाश–आसन्न आम निर्वाचनका लागी मनोनयन दर्ताको समय नजिकिदै जादा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले कुन क्षेत्रबाट चुनाब लड्छन भन्ने विषयले खुलदुली बढाएको छ । अघिल्लो निर्वाचनमा चितवनको क्षेत्र नंवर ३ बाट चुनाव जितेका प्रचण्ड यस पटक पनी सोही क्षेत्रबाट उम्मेदवार सिफारीस भएका छन । तर गोरखाको क्षेत्र नंवर २ बाट चुनाब लड्ने तयारी गरेको खबर बाहिरिएपछी प्रचण्डको चुनाव क्षेत्रलाई लिएर चासो बढेको छ ।

यही असोज १० गते भरतपुर महानगरपालिका १४ स्थित नयाँ घरमा बसाइँ सरेपछि धेरैलाई लागेको थियो पुष्पकमल दाहाल प्रचण्डले अब चितवनको क्षेत्र नम्वर ३ बाटै चुनाव लड्नेछन् । सिमसिम पानिमा बाजागाजा सहित हर्षित मुद्रामा नया घर सरेका प्रचण्डको अवको राजनीतिक जिवन चितवनमै केन्द्रित हुने धेरैको विश्लेषण थियो । अघिल्लो पटक चुनाव जितेको र यस पटक पनि उम्मेदवार सिफारीस भएको क्षेत्रमा नयाँ घर बनाएका कारण प्रचण्डले अब चितवन ३ लाई नछोड्ने अधिकांशको विश्वास थियो । तर अहिले सबैलाई चकित पार्ने गरी प्रचण्डले गोर्खा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने तयारी गरेको चर्चा चलेको छ ।

प्रचण्डले गोर्खा २ बाट चुनाव लड्ने तयारी गरेको खबर सार्वजनिक भएपछि चितवनमा भने खैलाबैला मच्चिएको छ । प्रचण्डलाई चितवनबाटै उम्मेदवार बन्न जिल्लाका गठबन्धन भित्रका दलहरुले अनुरोध गरेका छन् । चितवन छोड्ने खबरले ध्यानाकर्षण भएको भन्दै उनीहरुले चितवनबाटैै उम्मेदवार बन्न प्रचण्डलाई आग्रह गरेका छन । त्यसो त चितवन छोडेर गोर्खा जाने विषयमा प्रचण्डले कुनै आधिकारीक धारणा राखेका छैनन् । तर चितवनमा चुनाव जित्न मुस्किल हुने देखेपछि बाबुराम भट्टराईले खाली गरेको ठाउँ प्रचण्डले रोज्नसक्ने धेरैको बुझाइ छ ।

हुन त सहभागी भएका हरेक निर्वाचनमा प्रचण्डले फरक — फरक क्षेत्रमा चुनाव लडेका छन् । रोल्पा, काठमाडौ, चितवन र सिरहाबाट चुनाब लडिसकेका प्रचण्डलाई यसपटक गोर्खाबाट चुनाब लड्न निम्ता पनि आएको छ । केही दिनअघि गोरखाका नेता र स्थानीय जनप्रतिनिधिले भेटेर प्रचण्डलाई गोरखा–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तर प्रचण्डले भने उम्मेदवार बन्ने नबन्ने विषयमा कुनै जवाफ दिएका थिएनन् । निर्वाचनको मिति नजिकिदै गर्दा अधिकांश शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंगो लागिसकेको छ । तर मनोनयन दर्ताका लागि केही दिन मात्र बाँकी रहँदा प्रचण्ड चितवन कि गोर्खा भन्नेमै अल्झिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *