अनुमति बिना दसैँमा मनोरञ्जनात्मक कार्यक्रम गरेको भन्दै ३ जना पक्राउ

 ग्लोबल टिभि           0

असोज २१- कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले अनुमति विना कार्यक्रम गरेको र दुई सुरक्षाकर्मीलाई कुटिएको भन्दै जानकी गाउँपालिका वडा नम्बर ३ नयाँ लायकपुर शिविरका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २९ वर्षीय लक्ष्मण चौधरी, २० वर्षीय आशाराम चौधरी र २९ वर्षीय राम चौधरी रहेका छन् । उनीहरुलाई बिहीबार राति घर–घरबाट पक्राउ गरिएको हो । स्थानीयले भने प्रहरीलाई कता कसले कुट्यो थाहा नभएको तर दसैंको कार्यक्रम अनुमति नलिई अबेर रातिसम्म गरेर प्रहरी कुटेको निराधार आरोप लगाउँदै पक्राउ गरेको बताएका छन् ।

स्थानीयले दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको बताएका छन् । त्यहाँ कुनै झगडा पनि नभएको तर सञ्चालक लक्ष्मण सहितका कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको स्थानीयको भनाइ छ ।

स्थानीय मक्कु चौधरीले दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरिएको तर असम्बन्धित र निर्दोष व्यक्तिलाई दुःख दिने नियतका साथ प्रहरीले पक्राउ गरेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *