दाङका बस्ती जलमग्न प्रहरी चौकी पनि डुबानमा, सडक अवरुद्ध

 ग्लोबल टिभि      शुक्रबार, अशोज २१, २०७९      0

असोज २१– अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमका अनुसार देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्तीमा जलमग्न भएका छन् ।

सिसहनियामा दोलई खोलाको बाढी पसेर इलाका प्रहरी कार्यालय पनि डुबानमा परेको छ । डीएसपी गौतमका अनुसार इलाका प्रहरी कार्यालयमा ३–४ फिटसम्म पानी जमेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार कालापानी, पहरुवा, पिपरखुट्टी, बगरापुर, सगरापुर लगायतका गाउँमा बाढीले क्षति भएको छ । राप्ती गाउँपालिका–५ को लठ्ठहवा गाउँमा पनि बाढी पसेको छ ।

जमेको पानीलाई निकास दिने र डुबानमा परेका घर परिवारलाई उद्धार गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ। देउखरी क्षेत्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सहितको टोली स्थलगत अनुगमनमा गएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *