ग्लोबल टिभि
0
असोज २१– फूलपातीको दिन १६ (असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् ।
प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । ‘फूलपातीयता १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गर्यौं,’ उनले भने,’हामीले सडकमा जति कडाइ गरे पनि दुखद् दुर्घटना हुन रोकिएको छैन ।’
Post Views: 880
Leave a Reply