ग्लोबल टिभि
0
असोज २१– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।
बालकोट जाने नेताहरूमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ छन् ।
पार्टीका अर्का नेता रवीन्द्र मिश्र भने आजको बैठकमा सहभागी छैनन् । यसअघि एमाले र राप्रपाबीच एमाले उम्मेदवार उठेको ठाउँमा राप्रपाले र राप्रपा उम्मेदवार उठेका ठाउँमा एमालेले सहयोग गर्नेगरी अनौपचारिक समझदारी भइसकेको छ ।
Post Views: 1,078
Leave a Reply