ग्लोबल टिभि
सोमवार, फाल्गुन २४, २०७७
0
दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापा रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु स्थानमा ठोक्एिको हो ।
Post Views: 850
Leave a Reply