ग्लोबल टिभि
शनिबार, अशोज २२, २०७९
0
असोज २२– जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिराले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता भएकी २२ वर्षकी विद्या शाही मृत अबस्थामा भेटिएसँगै मृतकको संख्या ७ पुगेको हो ।
शनिबार बिहान ४:०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो । घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही, उनकी श्रीमती पानसरा शाही २४ वर्षीया सुरेन्द्र हमालको बिहानै मृत्यु भएको थियो ।
यस्तै घाइते वर्ष ५० की सरस्वती हमाल र रामबहादुर हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Post Views: 359
Leave a Reply