महिलाले पचास प्रतिशत अधिकारका लागि आन्दोलन गर्नुपर्छ–नेतृ भुसाल

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २४, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् । सोमबार १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरका आयोजित कार्यक्रममा नेतृ भुसालले महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्नेमा जोड दिएकी हुन् । संविधानत्ः महिलाले धेरै अधिकार पाएपनि कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ ।

‘राष्ट्र प्रमुखदेखि न्यायपालिका लगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर, संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागु भएको छैन । ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडी बढाउनुपर्छ ।’ उनले थपिन ।

महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिइ संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *