चितवन–३ मा माओवादीले डा. अधिकारीलाई उठाउने

 ग्लोबल टिभि      शनिबार, अशोज २२, २०७९      0

असोज २२– २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ ।

सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।

पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसरका रूपमा कार्यरत थिए । माओवादीले चितवन–३ को (ख)मा माडी नगरपालिकाका पूर्व मेयर ठाकुर ढकाललाई उठाउने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *