ग्लोबल टिभि
0
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नीजि वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् । आज पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा मन्त्री आलेले नीजि वनसँग सम्बन्धित कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको बताएका हुन् ।
उनले नीजि वन पैदावारको काठ कटान, ओसार–पसार, बिक्रि वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका हुन् । आगामी आर्थिक वर्षमा नीजि वन प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । नीजि वन उद्यमीलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उनले आश्वासन दिए ।
सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनका लागि बजेट व्यवस्थापन गरिएको छ । उनले भने,‘ जडिबुटी राज्यले निशुल्क रुपमा उपलब्ध गराउँछ ।’
Post Views: 2,017
Leave a Reply