जनताको भरोसा बन्दै रामेछाप प्रहरी,शान्ति सुरक्षा, अमनचयन र कानुनको प्रभावकारी रुपमा कार्यान्वयन

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक १९, २०७७      0

रामेछाप । प्रहरी नागरिकको भरोसा । तर कपितय सन्दर्भमा प्रहरीले शान्ति सुरक्षा,सुशासन कायम गर्न नसकेको भन्ने आरोप लागिरहँदा रामेछाप प्रहरीले भने जिल्लाबासीको मन जितेर जिल्लाभर शान्ति सुरक्षा अमनचयन कायम गर्न सफल भएको स्वयं जिल्लाबासीलेनै बताउने गरेका छन् ।
बिशेष सुरक्षा योजना लागू गरेर चाडबाड लक्षित सुरक्षा ब्यवस्था भरपर्दो मिलाएपछि कुनै अबान्छित गतिबिधि नभएको पनि रामेछाप प्रहरीले जनाएको छ ।
गुण्डागर्दीको आडमा सर्वसाधारणलाई दुख दिने प्रवृत्ति पनि प्रहरीको सक्रियताका कारण निस्तेज भएको भन्दै जिल्लाबासीले जिल्ला प्रहरी नेतृत्वको खुलेर प्रशंसा गर्ने गरेका छन् । आपराधिक क्रियाकलापमा संलग्न भए गाँऊपालिका अध्यक्ष समेत कानुनी कठघरमा ल्याउन प्रहरी सफल भएको छ ।
एक गाँऊपालिकाका अध्यक्ष अहिले जेल परेका छन् । यसबाट कानुनभन्दा माथि कोहि नभएको सन्देश प्रवाह भएको छ । जिल्ला प्रहरी प्रमुख भएर प्रहरी नायव उपरिक्षक बसन्त पाठक आएपछि शान्ति सुरक्षामा कुनै कमी नभएको स्थानीयबासी बताँउछन् ।
अब नजिकिंदो तिहारमा पनि प्रभावकारी रुपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाईको जिल्ला प्रहरी प्रमुख , प्रहरी नायव उपरिक्षक पाठकले जानकारी दिए ।
सरकारको नीति निर्देशन,आम नागरिकको अपेक्षा अनुसार आफ्नो नेतृत्वमा प्रहरी जनताको सेवामा खटिएको पनि पाठकले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *