समाज सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य अनिवार्य

 ग्लोबल टिभि           0

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य र सुरक्षित बन्न नसक्ने तर्क गरेका छन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनले महिला हिंसाका घटनामा अझै कमी आउन नसकेको बताएका हुन् । अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा पनि हिंसाका घटनामा कमी आउन नसकेको उपराष्ट्रपति पुनको बुझाइ छ । यस प्रवृत्तिलाई गम्भिर रुपमा लिनुपर्नेमा उनले जोड दिए ।

राज्यको हरेक निकायमा महिला सहभागिता बढेको उल्लेख गर्दै उनले यस उपलब्धि प्रति गर्व गर्दै बाँकी उपलब्धिका लागि सचेत रहन आग्रह गरे । महिला सशक्तिकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता मुख्य पाटो रहेको भन्दै उपराष्ट्रपति पुनले मुलुकको समृद्धिको लागि महिला उद्यमशीलताको विकास हुनुपर्नेमा जोड दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *