ग्लोबल टिभि
0
असोज २४- निर्वाचन आयोगले उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश हुने जनाएको हो ।
आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रचार र विज्ञापन गर्न थालेको आयोगले जनाएको छ ।
आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बमोजिम सामाजिक सञ्जालबाट गरिएका र गरिने प्रचारको अनुगमन र मूल्यांकन भइरहेको आयोगले जनाएको छ ।
Post Views: 841
Leave a Reply