२७ सय पिस लागु औषधसहित भारतीय युवक पक्राउ

 ग्लोबल टिभि      सोमवार, अशोज २४, २०७९      0

असोज २४– बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित महुवाहीबाट प्रहरीले २७ सय पिस लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २८ वर्षीय मोहन प्रसाद यादव छन् ।

असोज २१ मा भारतीय नम्बर बिआर–०५ यु४०३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई पक्राउ गरिएको बाराका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले डाइजेपाम इन्जेक्सन ९ सय पिस, फेनारगन ९ सय पिस, र नुर्फिन ९ सय पिस बरामद गरेको छ ।

मोटरसाइकलको पछाडी प्लाष्टिकको बोरामा लुकाएर ल्याएको लागुऔषध इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले फेला पारेको थियो । आरोपीमाथि प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *