पूर्व सभामुख महराकि पत्नी सीताको निधन, नेताहरुद्धारा श्रद्धान्जलि

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक १९, २०७७      0

 

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमासमस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन्।

बिभिन्न राजनीतिक दलका नेताहरुले पूर्व सभामुख महरा पत्नीको निधनमा हार्दिक श्रद्धान्जलि ब्यक्त गरेका छन् । उनीहरुले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *