विकास रौनियार, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० तिङग्राखानी स्थित पृथ्वीराजमार्गमा भएको सवारी दुर्घटनामा दुईको ज्यान गएको छ ।
गएराती करिब एक बजे रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौं तर्फ आइरहेको लु १ ख ७७६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका विष्णु घिमिरे र सहचालक सुमन सञ्जेल को ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी जोगिमारा र शशस्त्र प्रहरीले तीन घण्टाको प्रयासपछि सव निकालेको निरीक्षक पाण्डेको भनाइ छ ।
दुर्घटनामा परेको ट्रक पृथ्वीराजमार्गबाट ३० मिटर तल त्रिशुली नदीको किनारमा खस्न पुगेको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
Leave a Reply