संयुक्त राष्ट्रमा रुसलाई भारतको झट्का

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५– भारतले संयुक्त राष्ट्रको आम सभामा युक्रेन मामिलामा रुसको गोप्य मतदानको मागविरुद्ध भोट गरेको छ ।

युक्रेनको चार क्षेत्रमा रुसी कब्जाको मस्यौदा प्रस्तावको निन्दाबीच भारतसमेत १ सयभन्दा बढी देशले संयुक्त राष्ट्रमा रुसको प्रस्तावमा सार्वजनिक मतदानको माग गरेका हुन् ।

भारतसमेत १०७ देशले रेकर्डेड भोटिङको पक्षमा मतदान गरेपछि रुसको गोप्य मतदानको माग खारेज भएको छ । रुसको पक्षमा मात्र १३ देशले मतदान गरे ।

३९ देश यस विषयमा तटस्थ रहे । रुस र चीनले यो मुद्दामा भोट गरेन । रुसले रेकर्डेड भोट गर्ने अल्बानियाको प्रस्तावमा पुनर्विचार गर्ने माग गरेको थियो । भारत समेतका देशको मतदानपछि संयुक्त राष्ट्रले पुनर्विचारको माग खारेज गरेको थियो ।

संयुक्त राष्ट्रमा रुसका स्थायी प्रतिनिधि वेसिली नेबेन्जियाले संयुक्त राष्ट्रको सदस्यता अपमानजनक धोखाधडी भएको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *