ओलीलाई रावलको प्रश्न: हरियो सर्प किन हुर्काइँदैछ ?

 ग्लोबल टिभि           0

असोज २५– नेकपा एमालेका नेता भीम रावलले संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को हो ? भनेर अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । नेता रावलले मंगलबार ट्वीट गर्दै प्रभु साहको विद्रोहबारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपी ओलीको भनाई सुनेको भन्दै त्यस्ता व्यक्तिलाई माथि चढाउने को हो र किन त्यस्तालाई हुर्काईदैछ त्यसको जवाफ दिन ओलीसँग माग गरेका हुन् ।

रावलले ट्वीट गर्दै लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *