प्रभु साहले खोले केपी ओलीको भेद, भने ओली अब सकिए…

संदिग्ध गतिविधि गरेको आरोपको फर्काए प्रभुले जवाफ

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

विकास/गणेश– संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन २३ गते प्रभू शाहले रौतहटमा एमालेलाई चक्मै दिए । सिंघो रौतहटको चार संघीय र आठ प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट आफूसँग लिएर हिडेका शाह उम्मेदवारी मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट लिएर निर्वाचन कार्यालयमा नआईपुगेपछि एमालेमा हंगामामात्र भएन, के गर्ने र कसो गर्नेसम्मको स्थिति बनेको थियो ।

जसो–त्यसो एमालेले उम्मेदवारी मनोनयन गरायो रौतहटको १ र ४ निर्वाचन क्षेत्रमा, २ मा भने जसपाको भागमा केन्द्र र परेको हुँदा प्रदेशमा आफूले पाएको ठाउँमा मुस्किलले मनोनयन दर्ता गराए उम्मेदवारले । तर, शाहकै कारण तीन नम्बर क्षेत्रमा एमालेका उम्मेदवार नै भएनन् । यता शाहले भने अन्तिम समयमा आएर स्वतन्त्र तर्फबाट उठ्दै मनोनयन नै दर्ता गराए ।

शाहले किन त्यसो गरे भन्नेमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ । तर, उनी आफूचाहिँ जसपा अर्थात उपेन्द्र यादवलाई केपी ओलीले पार्टीमा कुनै छलफल र सल्लाह बिना बोकेपछि आफू स्वतन्त्र उठ्न बाध्य भएको जिकिर गर्छन् ।

शाह यतिबेला रौतहट निर्वाचन क्षेत्र तीनका स्वतन्त्र उम्मेदवार हुन प्रतिनिधिसभाका लागि । उनका प्रतिस्पर्धी सत्ता गठबन्धन अन्तरगत माओवादी केन्द्रका रवीन्द्र पटेल र कांग्रेसका बाघी उम्मेदवार ओमप्रकाश जेयसवाल छन् । जो प्रमू भन्दा कम प्रभावशाली भने हुन् । त्यो हिसावमा एमालेको पनि उम्मेदवार रौतहट तीनमा नहुँदा प्रभूको जीत लगभग लगभग पक्का–पक्कि छ । तर, एमाले भने प्रभूलाई हराउन चाहान्छ । सोमबार मात्रै एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहका संदिग्ध गतिविधिबारे पार्टीमा पहिले नै जानकारी आएको खुलासा मात्र गरेनन्, प्रभुको एमालेलाई मधेसमा खाली गराउने षड्यन्त्र गरेको आरोप पनि लगाएका छन् ।

यता, प्रभु भने ओलीको त्यो आरोप मान्न तयार छैनन् । आफू जसपासँग तालमेल र गठबन्धन नगरेको भए एमाले कहिल्यौं नछाड्ने र यसपटकको निर्वाचनमा एमालेले मधेशमा नसोचेको नतिजा ल्याउँने स्थति बनेको तर, पार्टी अध्यक्षले नै एमालेलाई मधेशमा कमजोर पार्न खोजेपछि विकल्प खोज्दै स्वतन्त्र उठेको जिकिर गर्छन् । उनले ओलीले आफूलाई लगाएको आरोप प्रति भने शीर्ष नेताले बोल्दा विचार पुर्याउनुपर्ने बताए ।

तर, अचम्म लाग्दो कुरा चाहिँ के छ भने साहले एमालेका उम्मेदवार खडा भएका ठाउँमा बागी वा स्वतन्त्र उम्मेदवारी दिएका छैनन् । तर, जसपाले पाएका ठाउँमा स्वतन्त्र उम्मेदवारी हालेर करिब २५ नेतालाई स्वतन्त्र मार्फत मधेशमा प्रभुले व्यवस्थापन गरेका छन् । प्रभुले एमालेलाई धोखा नदिएको देखाउन भरपूर खोजेका छन् । तर, यो पनि हो कि प्रभु सजक मात्र थिएनन् कि तयारी अबस्थामा थिए स्वतन्त्र उम्मेदवार बन्न भन्ने प्रष्ट भएको छ । प्रभुको यो कदमले मधेशमा एमालेलाई ठूलै धक्का भने लागेको छ । अब यो घाटालाई एमालेले कसरी पूर्ति गर्ला र मधेशमा एमालेलाई जीत सुनिश्चित गराउँछ त्यो भने हेर्न बाकीँ छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *