उदयपुरमा ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५– ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ ज्‍यामिरे बस्‍ने २० वर्षीय दर्पण पञ्जियार (थारु) रहेका छन् ।

आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश पोदारले बताए ।

पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *