राजापुरका ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित(भिडियोसहित)

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५– अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् ।सोमवार साँझदेखि पसेको अविरल वर्षासँगै आएको बाढीका कारण राजापुर आसपासका केही गाउँहरु डुबानमा परेका हुन् ।

अविरल वर्षासँगै आएको बाढीका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् ।वर्षासँगै कर्णाली नदीमा आएको बाढीका कारण उक्र क्षेत्रका घरहरु डुवानमा परेका हुन् । डुवान क्षेत्रमा स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको छ । कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गरे । पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको उनको भनाई छ ।

त्यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमवार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण करिव ८ सय घरहरु डुबानमा परेको बताए ।

अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै स्थानीय आक्रोशित छन् ।गत वर्षको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयहरु बताउँछन् । गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको उनीहरुको गुनासो छ । गत ५ दिन यता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लाहरुमा पनि पहिरोको जोखिम बढाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *