ग्लोबल टिभि
0
आश्विन २५– निजी क्षेत्रको लगानीमा संचालनमा आएको अन्नपूर्ण हेलिकप्टरले व्यावसायिक उडान थालेको छ । उक्त हेलिकप्टरले यसअघि नै परीक्षण उडान सकिसकेको छ । मंगलबार रामेछाप विमानस्थलमा अवतरण गरेपछि व्यावसायिक उडानमा सुरु गरेको हो ।
कम्पनीका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) का अनुसार ५ सिट क्षमता भएको इक्वेरल हेलिकप्टरमार्फत व्यावसायिक उडान थालिएको हो । कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने छ । दोस्रो हेलिकप्टर ३ महिनापछि व्यावसायिक उडानमा थपिने उनले बताए ।
हिमाली क्षेत्रको उद्धार र अन्य मानव उद्धार कार्यमा पहिलो प्राथमिकता हुने तामाङले बताए । उनले रामेछापका नागरिकलाई हेलिकप्टर उडानमा केही सहुलियतको व्यवस्था गर्नेसमेत बताएका छन् ।
Post Views: 2,278
Leave a Reply