ग्लोबल टिभि
0
असोज २६– सुनसरीमा आज बिहान भारी वर्षा मापन गरिएको छ ।
सुनसरीका धरान, चतरा, तरहरा, इटहरी र आसपास भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान छ ।
बूढीखोला, सुनसरीखोला, खेसलियाखोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीतटीय र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“असोज २६ बिहान ८ बजे । सुनसरीको धरान, चतरा, तरहरा–इटहरी र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा, थप वर्षा हुन सक्ने, बूढीखोला, सुनसरीखोला, खेसलियाखोलालगायत सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुनसक्छ,” महाशाखाको सन्देशमा उल्लेख छ, “तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाऔँ ।”
Post Views: 857
Leave a Reply