ग्लोबल टिभि
0
असोज २६– ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा चिकित्सक मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको सिभिल अस्पतालमा कार्यरत २८ वर्षीया सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।
जनकपुर घर भएकी डाक्टर पाठकको शव पोष्टमार्टमका लागि पाटन अस्पतलामा पठाइएको छ । डेरामा ढोका बन्द गरेको अवस्थामा उनी मृत फेला परेकी हुन् । आमासँग बस्दै आएकी डा.पाठकले एक्लै भएको बेला आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ । डेराभित्र भुइँमा मृत अवस्थामा प्रहरीले उनको शव फेला पारेको थियो ।
Post Views: 958
Leave a Reply